प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैशाख २६ गतेबाट सुरु हुने संघीय संसदका दुवै सदनका बैठकलाई कोरोना संक्रमण सुरक्षित बनाउन अपनाउन सकिने उपायहरुबारे स्वास्थ्य विज्ञहरुसँग परामर्श गरेका छन्।
इपिडिमियोेलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेब पाण्डे र सिभिल अस्पताल काठमाण्डौका निर्देशक डा. दिर्घराज आरसी सँग सभामुखको कार्यकक्ष सिंहदरबारमा छलफल भएको हो।
संघीय संसद अन्तरगतका सभाहलहरुमा सदस्यहरुका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेको मापदण्ड अनुसारको सामाजिक दुरी कायम हुनेगरी बसाई ब्यबस्थानको काम भईरहेको संसद सचिवालयले जनाएको छ।
3
Shares

प्रतिक्रिया