राजनीति


भदौ २४ गते तोडफोड र चोरी गर्ने भिडिओमा देखिएका छन्, तर सरकार उदार देखिएको छ : माधव नेपाल

भदौ २४ गते तोडफोड र चोरी गर्ने भिडिओमा देखिएका छन्, तर सरकार उदार देखिएको छ : माधव नेपाल

नेपालखबर
पुस १६, २०८२ बुधबार १६:८, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले तोडफोड र चोरीका घटनामा सरकार गम्भीर नदेखिएको आरोप लगाएका छन्। 

उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको सर्वपक्षीय संवादलाई सम्बोधन गर्दै उनले यस्ता घटनामा उद्धारको जस्तो अवस्था देखिनु गम्भीर विषय भएको बताए।

‘म प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु, यसप्रति सरकार गम्भीर देखिएन,’ नेपालले भने, ‘उदार देखिएको छ, र यो अत्यन्त गम्भीर कुरा हो। भिडिओले देखाइरहेको छ, सीसीटीभीले देखाइरहेको छ।’

उनले तोडफोड गर्ने व्यक्ति को हुन् भन्ने स्पष्ट भइसके पनि कारबाही नहुनु चिन्ताजनक भएको उल्लेख गरे। ‘तोडफोड गर्ने को हुन् थाहा भइरहेको छ, तर गिरफ्तार हुँदैनन्, दण्डित हुँदैनन्। चोरी गरेको देखिएको छ, चोरेर लगेको समान राखिएको छ, तर त्यसमा पनि कुनै सजाय दिइँदैन,’ नेपालले आरोप लगाए।

यसले सरकारमाथि गम्भीर प्रश्न उठ्ने भन्दै उनले पुनः प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। ‘यसले सरकारमाथि पनि प्रश्न खडा गर्छ। त्यसैले म प्रधानमन्त्रीको ध्यान अहिले पनि आकर्षित गर्न चाहान्छु,’ नेपालले जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad