अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिको निर्वाचन माघ २८ गते गर्ने निर्णय भएको छ।
एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले बुधबारको बैठकमा वर्तमान कार्यसमितिको कार्यकाल सकिन चार महिना अघि नै निर्वाचन गर्ने गरि बैठकमा प्रस्ताव राखेका थिए।
अर्ली इलेक्सनका लागि अध्यक्ष नेम्वाङको प्रस्तावमा आगामी माघ २८ गते झापामा निर्वाचन गर्ने निर्णय भएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए।
प्रवक्ता शाहका अनुसार एन्फा विधानको धारा ३१ को त अनुसार निर्वाचन गर्ने निर्णय भएको हो।
वर्तमान कार्यसमितिको कार्यकाल आगामी असार ६ गतेसम्म रहेको छ।
एन्फा कार्यसमितिको बैठकले निर्वाचनको मितिसँगै आर्थिक वर्ष २०८२–८३ को लेखा परीक्षणका लागि सुवोध एसोसियटलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ।

63
Shares

प्रतिक्रिया