राजनीति


सामाजिक सञ्जाल हेर्‍यो भने निष्ठाविहीनहरूले नेपाल पूरै कब्जा गरिसके भनेजस्तो छ : प्रचण्ड

सामाजिक सञ्जाल हेर्‍यो भने निष्ठाविहीनहरूले नेपाल पूरै कब्जा गरिसके भनेजस्तो छ : प्रचण्ड

नेपालखबर
पुस १५, २०८२ मंगलबार १६:३८, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल र सहरबजारमा निष्ठाविहीनहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएको टिप्पणी गरेका छन्।  

रुकुमपूर्वदेखि काठमाडौैँसम्म यात्रामा आएका केशव रावलको सम्मानसहितको यात्रा समापन कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। 

‘सामाजिक सञ्जाल हेर्‍यो भने, सहरबजारका मान्छेका होहल्ला हेर्‍यो भने त विचारविहीन, इतिहासविहीन, त्याग तपस्या बलिदान र निष्ठाविहीनहरूले नेपाल पूरै कब्जा गरिसके भनेजस्तो छ,’ प्रचण्डले भने, ‘पार्टीहरू त सिद्धिसके भन्ने छ।’ 

बिगतमा लडाइँ लडेका बदमास् हुने जस्तोगरि पनि प्रचार भइरहेको उनको भनाइ छ। ‘जसले दशकौँ लडाइँ गरेर त्याग र तपस्या विचार र निष्ठाका कीर्तिमान राखेका बदमास र यिनको अब काम छैन भन्याजस्तो, सोसल मिडियाबाट होहल्ला गर्नेहरू नै मुक्तिदाता हुन् भनेर बजार र मोबाइल हेर्नेको हातहातमा त्यस्तै हो कि भन्ने भ्रम पर्ने गरेको छ,’ प्रचण्डले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad