राष्ट्रिय स्वतन्त्र पार्टीमा अब तीन जना उपसभापति हुने भएका छन्।
सोमबार रास्वपा र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच एकीकरण भएसँगै तीन जना उपसभापति रहने निर्णय गरिएको हो।
यसअघि रास्वपामा डीपी अर्याल र स्वर्णिम वाग्ले उपसभापति छन्। अब कुलमान घिसिङ पनि उपसभाति हुनेछन्।
कुलमानलाई वरिष्ठ उपसभापतिको जिम्मेवारी दिइने सहमति पत्रमा उल्लेख छ।
उज्यालो नेपाल पार्टीले रास्वपाको केन्द्रीय कमिटिमा वरिष्ठ उपसभापतिसहित महामन्त्री र ३० प्रतिशत हिस्सा पाउने कुलमानका विश्वासपात्र गणेश घिसिङले जानकारी दिए।
यस्तै, कुलमान पक्षले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ २० र समानुपातिक तर्फ ३० प्रतिशत हिस्सा पाउने सहमति पनि भएको छ।
468
Shares

प्रतिक्रिया