राजनीति


जसपाले बुझायो समानुपातिकतर्फ १०१ जनाको सूची

जसपाले बुझायो समानुपातिकतर्फ १०१ जनाको सूची

फाइल तस्बिर


नेपालखबर
पुस १४, २०८२ सोमबार १६:४४, काठमाडौँ

जनता समाजवादी पार्टी नेपालले समानुपातिका सांसदका लागि उम्मेदवारहरुको बन्द सूची बुझाएको छ। 

जसपाले १०१ जनाको बन्द सूची आयोगमा बुझाएको छ। यससँगै आयोगमा बन्दसूची बुझाउने दलको संख्या ७ पुगेको निर्वाचन आयोगले जानकारी दिएको छ।

उपेन्द्र यादव नेतृत्वको यो पार्टीले आइतबार मात्रै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र अशोक राई नेतृत्वको पार्टीका रेणु यादवसहितको टोलीसँग एकीकरण गरेको छ। उनीहरुलाई पनि समेटेर सूची बुझाएको हो। 
     
प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७४ को परिच्छेद ४ मा उम्मेदवारको बन्दसूची पेस गर्ने सम्बन्धी व्यवस्था छ। दफा १३ को उपदफा २ अनुसार बन्दसूची पेश गर्दा बढीमा ११० र कम्तिमा ११ जना उम्मेदवारको नाम सूचीकृत गर्नुपर्नेछ।

गतिशील लोकतान्त्रिक पार्टीले ११ जना, नेपाल लोकतान्त्रिक पार्टी र जनप्रिय लोकतान्त्रिक पार्टीले १२/१२ जनाको सूची बुझाएका छन्। जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले ११०/११० जनाकाने सूची बुझाएका छन्। नेपाल कम्युनिष्ट पार्टी माक्सबादीले २० जनाको नाम बन्दसूचीमा समावेश गरेको छ।

अहिलेसम्म प्रमुख दलहरुले भने सूची तयार गरिसकेका छैनन्। सबै दल छलफलमै छन्। बन्दसूची तयार गर्दा दलहरुले दलित, आदिवासी जनजाती, खस आर्य, मधेसी, थारू र मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा प्रतिनिधित्व हुने गरी समावेश गर्नुपर्छ।

जसअनुसार दलित १३.८ प्रतिशत, आदिवासी जनजाति २८.७ प्रतिशत, खस आर्य ३१।२ प्रतिशत, मधेसी १५.३ प्रतिशत, थारू ६.६ प्रतिशत र मुस्लिम ४.४ प्रतिशत हुनुपर्नेछ। 

सूचीमा प्रत्येक समूहबाट कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश गर्नुपर्छ। अपांगता भएका व्यक्तिको नाम समेत समावेश गर्नु पर्ने निर्देशिकामा व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad