आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावका लागि आज राजनीतिक दलहरुले समानुपातिकतर्फ उम्मेदवारहरूको सूची बुझाउँदै छन्।
सूची बुझाउने आज अन्तिम दिन भएकाले सूची टुंग्याउन दलहरुलाई भ्याइनभ्याइ छ।
तर, १४ राजनीतिक दलले भने समानुपातिक सूची निर्वाचन आयोगलाई बुझाउने छैनन्। किनभने, उनीहरुले आयोगलाई प्रत्यतर्फको चुनावमा मात्रै भाग लिने जानकारी गराएका छन्।
राष्ट्रिय समता पार्टी नेपाल, विकासशील जनता पार्टी, राष्ट्रिय साझा पार्टी, परिवर्तन पार्टी, युनाईटेड नेपाल डेमोक्र्याटिक पार्टी, नेपाल नौलो जनवादी पार्टी, राष्ट्रिय समुन्नति पार्टी, राष्ट्रवादी केन्द्र नेपाल, राष्ट्रवादी युवा मोर्चा, लोक दल, राष्ट्रवादी एकता पार्टी, विवेकशील साझा पार्टी, देशभक्त लोकतान्त्रिक पार्टी, नेपाल र सर्वोदय पार्टी सूची नबुझाउने दलमा छन्।
निर्वाचन आयोगका कार्यवाहक अध्यक्ष रामप्रसाद भण्डारीले कुन प्रणालीमा भाग लिने, कुनमा नलिने भन्ने दलहरूको स्वविवेकको विषय भएको नेपालखबरलाई बताए।
निर्वाचन आयोगमा अहिलेसम्म चुनावमा भाग लिन १४४ दल दर्ता भएका छन्।
Shares

प्रतिक्रिया