नेकपा (एमाले)ले समानुपातिक उम्मेदवारको सूचीमा युवा नेत्री निता घतानीलाई राखेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार तयार गरेको बन्दी सूचीमा घतानीलाई पनि राखिएको छ। उनलाई एमालेले दलित क्लस्टरबाट समानुपातिक सूचीमा राखेको हो।
झापाको विर्तामोडकी घतानी एमालेको एघारौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन्। दलित युवातर्फबाट उम्मेदवार बनेकी उनले १ हजार ५४१ मत पाएकी थिइन्।
1.3k
Shares

प्रतिक्रिया