पार्टीको उपाध्यक्ष र केन्द्रीय सदस्यमा पराजित गुरु बराललाई एमालेले समानुपातिक सूचीको पहिलो नम्बरमा राखेको छ।
एमाले अध्यक्ष केपी ओलीले पार्टीको तर्फबाट समानुपातिक सूची तयारी पार्दा बराललाई खस आर्य क्लस्टरबाट पहिलो नम्बरमा समेटेका हुन्।
यी हुन् एमाले समानुपातिक सूचीमा परेका पहिलो नम्बरका उम्मेदवार
एमालेको एघारौँ महाधिवेशनमा बराल उपाध्यक्षसँगै केन्द्रीय सदस्यमासमेत पराजित भएका थिए।
बरालले केन्द्रीय सदस्यमा ७५४ मत मात्रै पाएका थिए भने उपाध्यक्षमा ११३७ मत पाएका थिए। बराल अध्यक्ष ओलीका विश्वास प्राप्त नेताको रूपमा चिनिन्छन्।
उनी ओली प्यानलमै भएर पनि महाधिवेशनमा पराजित हुने नेता हुन्।
एमाले केन्द्रीय सदस्यमा साढे नौसय भन्दा बढी मत ल्याउने मात्रै निर्वाचित भएका छन्।
942
Shares

प्रतिक्रिया