राजनीति


यी हुन् एमाले समानुपातिक सूचीमा परेका पहिलो नम्बरका उम्मेदवार

यी हुन् एमाले समानुपातिक सूचीमा परेका पहिलो नम्बरका उम्मेदवार

नेपालखबर
पुस १४, २०८२ सोमबार १०:२३, काठमाडौँ

नेकपा (एमाले)ले समानुपातिक उम्मेदवार टुंगो लगाएको छ। 

एमाले सचिवालय बैठकले पास गरेको समानुपातिक सूची फेरफेर गरेर अध्यक्ष केपी शर्मा ओलीले फाइनल सूची तयार गरेका हुन्। 

आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले ११० जनाको नाम लगभग टुंगो लगाएको थियो। त्यो सूचीलाई अन्तिम रुप दिने जिम्मेवारी अध्यक्ष ओलीले पाएका थिए। 

अध्यक्ष ओलीले टुंग्याएको समानुपातिक सूचीअनुसार खस आर्यबाट गुरु बराल पहिलो नम्बरमा परेका छन्। त्यसैगरि खस आर्य महिलाबाट पद्मा अर्याल सूचीको पहिलो नम्बरमा छिन्। 

पिछडिएको क्षेत्रबाट गोरख बोगटी पहिलो नम्बरमा छन् भने यशुदा बराल (अपांगता) महिलातर्फबाट सूचीको पहिलो नम्बरमा छिन्। 

मधेसबाट चण्डेश्वर मण्डल सूचीको पहिलो नम्बरमा समेटिएका छन्। 

त्यसैगरि जनजातिबाट रामेश्वर रानामगर पुरुष तर्फ सूचीको पहिलो नम्बरमा छन् भने भूमिका सुब्बा महिला तर्फबाट सूचीको पहिलो नम्बरमा छिन्। 

थारुबाट कृपाराम राना थारु पुरुषबाट पहिलो नम्बरमा समेटिएका छन्। 

थारु महिलाबाट मञ्जु चौधरी र शान्ता चौधरी मध्येबाट एक जना सूचीको पहिलो नम्बरमा पर्ने सम्भावना छ। मञ्जु र शान्ताको नाम टुंगिनसकेको एक नेताले जानकारी दिए। 

दलितबाट मनोहर बि.पौडेल सूचीको पहिलो नम्बरमा समेटिँदा विष्णु माया बिक महिला तर्फबाट पहिलो नम्बरमा परेकी छन्। 

मुस्लिमबाट मोहमद गरुण हलुवाई र साजिदा सिद्धिकी समानुपातिक सूचीको पहिलाे नम्बरमा समेटिएका छन्। 

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि दलहरूलाई समानुपातिक उम्मेदवारको सूची बुझाउन आजसम्मको समय दिएको छ। 

प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट ११० सदस्य छनोट हुने संवैधानिक व्यवस्था छ। 

‍०७९ सालको निर्वाचनमा एमालेबाट समानुपातिक प्रणालीबाट ३४ उम्मेदवार बिजयी भएका थिए। त्यसैगरि कांग्रेसले ३२, माओवादी केन्द्रले १४, रास्वपाले ८ र राप्रपाले ७ सिट जितेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad