बिगत केही समययता लगातार बढ्दै आएको सुनचाँदीकै मूल्य आज घटेको छ।
तोलामा ६ सय रुपैयाँ घटेर सुनको मूल्य आज दुई लाख ७० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य हिजो तोलामा १३ सय रुपैयाँ बढेर दुई लाख ७० हजार ६ सय पुगेको थियो। सुनको यो मूल्य अहिलेसम्मकै महँगो हो।
गएको शुक्रबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँ बढेको थियो।
त्यसैगरि आज चाँदीको मूल्य तोलामा एकसय ६० रुपैयाँ बढेर चारहजार आठसय ९५ पुगेको छ। चाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो।
विगत केही दिनदेखि चाँदीको मूल्य पनि निरन्तर बढ्दै आएको छ।
654
Shares

प्रतिक्रिया