नेपाली कांग्रेसले समानुपातिक उम्मेदवाको सूचीमा अन्तिम निर्णय गर्दैछ।
सात प्रदेशमा समानुपातिक उम्मेदवारको नाम छनोट गर्न तोकिएका संयोजकहरूले सभापति शेबहादुर देउवासमक्ष आइतबार रातिसम्म सूची बुझाइसकेका छन्। सभापति देउवाले अन्तिम रुप दिएको सूची कांग्रेस केन्द्रीय कार्यसमितको बैठकमा प्रस्तुत भएको छ। बैठकले सूची अनुमोदन गरेपछि निर्वाचन आयोगमा पेस गर्ने एक नेताले जानकारी दिए।
कांग्रेसले समानुपातिक उम्मदेवारको सूची तयार गर्ने जिम्मा सात प्रदेशबाट सात जना नेतालाई दिएको थियो।
कोसी प्रदेशबाट ज्ञानेन्द्रबहादुर कार्की, मधेसबाट महेन्द्र यादव, बागमतीबाट प्रकाश शरण महत, गण्डकीबाट सुरेन्द्र पाण्डे, लुम्बिनीबाट बालकृष्ण खाँण, कर्णालीबाट जीवन शाही र सुदूरपश्चिमबाट एनपी साउदले समानुपातिक उम्मदेवारको सूची तयार पार्ने जिम्मेवारी पाएका थिए।
उनीहरूले आफूले तयार गरेको सूची सभापति शेरबहादुर देउवालाई बुझाइसकेका छन्।
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि दलहरूलाई समानुपातिक उम्मेदवारको सूची बुझाउन आजसम्मको समय दिएको छ।
प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट ११० सदस्य छनोट हुने संवैधानिक व्यवस्था छ।
०७९ सालको निर्वाचनमा कांग्रेसबाट समानुपातिक प्रणालीबाट ३२ उम्मेदवार बिजयी भएका थिए। त्यसैगरि एमालेबाट ३४, माओवादी केन्द्रले १४, रास्वपाले ८ र राप्रपाले ७ सिट जितेका थिए।
Shares

प्रतिक्रिया