नेकपा (एमाले) सचिवालय बैठकले पास गरेको समानुपातिक सूची फेरफेर गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।
आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले ११० जनाको नाम लगभग टुंगो लगाएको थियो। जसमा सचिव पद्मा अर्याललाई पनि समानुपातिक उम्मेदवारको सूचीमा राखिएको छ।
यस्तै उपाध्यक्षमा पराजित गुरु बराललाई पनि एमालेले समानुपातिक सूचीमा राखेको छ। यसैगरी, शान्ता चौधरी, जेनजीबाट निता घतानीलगायतलाई समानुपातिक सूचीमा राखिएको एक पदाधिकारीले बताए।
‘नाम टुंगो लगाइएको छ तर हेरफेर गर्ने जिम्मा अध्यक्षज्युलाई दिइएको छ’, ती पदाधिकारीले नेपालखबरसँग भने।
1.3k
Shares

प्रतिक्रिया