राजनीति


समानुपातिक उम्मेदवारको सूची बुझाउने एमालेको निर्णय

समानुपातिक उम्मेदवारको सूची बुझाउने एमालेको निर्णय

नेपालखबर
पुस १३, २०८२ आइतबार १९:३९, काठमाडौँ

नेकपा (एमाले)ले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकको सूची बुझाउने निर्णय गरेको छ। 

आइतबार बसेको एमाले सचिवायको बैठकले समानुपातिक उम्मेदवारको सूची बुझाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले बताए। ‘समानुपातिक सूची समयमै बुझाउने निर्णय भएको छ,’ भट्टले भने। 

एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारको सूची पेश गरेका थिए। जिल्ला तथा प्रदेशबाट भएको सिफारिसका आधारमा अध्यक्ष ओलीले सूची बनाएको भट्टले बताए। 

‘जिल्ला र प्रदेशबाट सिफारिस भएको छ। त्यसमा अध्यक्षले नै गृहकार्य गरेर नामावली पेश गर्नुभएको थियो। केही सुझावसहित पारित गरिएको छ,’ भट्टले भने। 

सचिवालय बैठकले पारित गरेको समानुपातिक उम्मेदवारको सूचीमा केही थपघट गर्न जिम्मेवारी अध्यक्ष ओलीलाई दिइएको छ। उनले अन्तिम सूची बनाएपछि सोमबार आयोगमा बुझाउने भट्टले जानकारी दिए। 

एमालेको ११औँ महाधिवेशनपछि आइतबार पहिलो पटक सचिवालय बैठक बसेको हो। आजको बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको छ। 

विशेष गरी चुनावकै विषयमा छलफल भएको भट्टले बताए। सबै पार्टीका नेता तथा कार्यकर्तालाई भयरहित वातावरणमा चुनावको प्रचार प्रसार गर्ने वातावरण बनाउन पर्नेमा जोड दिइएको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad