राजनीति


रवि-बालेनलाई रवीन्द्रले भने: राजसंस्थाको मुद्दा बोकिदिए आउने दशक तपाईंहरूको हुनेछ

रवि-बालेनलाई रवीन्द्रले भने: राजसंस्थाको मुद्दा बोकिदिए आउने दशक तपाईंहरूको हुनेछ

नेपालखबर
पुस १३, २०८२ आइतबार १६:१६, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबीचको सहमतिलाई स्वागत गर्दै शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै मिश्रले बदलिँदो भूराजनीतिक अवस्था र नेपालको आन्तरिक परिवेशलाई उल्लेख गर्दै अब सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेन्डा मात्र पर्याप्त नहुने बताएका छन्। उनले लेखेका छन्, ‘व्यापक रूपमा बदलिएको भूराजनीतिक र नेपालको आन्तरिक परिवेशका कारण भावी नेपाललाई अब केवल सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेन्डाले मात्र थेग्न सक्दैन।’

मिश्रले प्रजातन्त्रको फ्रेमवर्कभित्र संवैधानिक राजसंस्थाको आवश्यकता औँल्याउँदै भनेका छन्, ‘संवैधानिक राजसंस्थालाई स्थान दिएर राष्ट्रिय संकटको घडीमा अभिभावकत्व ग्रहण गर्ने गरी त्यो संस्थाको जगेर्ना नगर्ने हो भने हाम्रा आशा र उत्साह सदा झैँ पुनः धुमिल हुनेछन्।’

रूपान्तरणको एजेन्डासँगै राजसंस्थाको मुद्दा पनि अघि बढाउन सके आगामी दशक बालेन र रविहरुको हुने मिश्रको भनाइ छ। ‘रूपान्तरणको मुद्दासँगै तपाईंहरूले राजसंस्थाको मुद्दा पनि बोकिदिनुभयो भने आउने केही दशक तपाईंहरूको दशक हुनेछ र सम्भवतः नेपालको ऐतिहासिक रूपान्तरण पनि सम्भव हुनेछ,’ मिश्रले लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad