राजनीति


गुन्डुमा ओलीलाई भेटेपछि सञ्चारमन्त्री खरेलले भने : ‘एमाले निर्वाचनबाट भाग्दैन’

गुन्डुमा ओलीलाई भेटेपछि सञ्चारमन्त्री खरेलले भने : ‘एमाले निर्वाचनबाट भाग्दैन’

नेपालखबर
पुस ११, २०८२ शुक्रबार १४:४४, काठमाडौँ

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमाले निर्वाचनबाट नभाग्ने बताएका छन्।

शुक्रबार गुन्डुमै पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि सञ्चारमन्त्री खरेलले एमाले चुनावका पक्षमा रहेको दाबी गरेका हुन्। 

खरेलले भने, ‘एमाले चुनावका पक्षमा छ, (ओलीले) एमाले निर्वाचनबाट भाग्दैन भन्नुभएको छ, सुरक्षा चुनौती छ, वातावरण बनाउनुपर्‍यो भन्ने जुन कुरा उहाँले राख्नुभयो, ती सबै सरकारले सम्बोधन गर्छ। सरकारले चुनावको वातावरण बनाउँछ।’

एमाले अध्यक्ष ओलीविरुद्ध लगाइएको स्थान हदमा पनि पुनर्विचार गर्ने कुरामा सरकार सकारात्मक रहेको उनले बताए। 

सञ्चारमन्त्री खरेलले सरकारको लक्ष्य नै निर्वाचन भएकाले यो लक्ष्य प्राप्तिका लागि कुनै अल्झन्, अप्ठ्यारा, चुनौती भए त्यसलाई सहज बनाउँदै सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने सम्पूर्ण काम गर्ने प्रतिबद्धता दोहोर्‍याए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad