राजनीति


प्रचण्डसँग सञ्चारमन्त्री खरेलको भेटवार्ता

प्रचण्डसँग सञ्चारमन्त्री खरेलको भेटवार्ता

नेपालखबर
पुस ११, २०८२ शुक्रबार १३:५९, काठमाडौँ

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का का संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। 

समसामयिक राजनीतिक विषयमा छलफल मन्त्री खरेलले शुक्रबार दिउँसो प्रचण्डलाई भेटेका हुन्। भेटमा आगामी प्रतिनिधि सभा निर्वाचनको तयारी, निर्वाचन वातावरण निर्माण र प्रमुख दलहरूबीच सहमति कायम गर्ने विषयमा कुराकानी भएको जनाएको छ। 

यसअघि मन्त्री खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए। प्रतिनिधि सभा निर्वाचनबारे राजनीतिक दलहरूबीच सहमति खोज्ने प्रयासका रुपमा मन्त्री खरेलले उनीहरूलाई भेटेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad