राजनीति


यस्तो छ परराष्ट्रमन्त्रीको चीन भ्रमणको तालिका

यस्तो छ परराष्ट्रमन्त्रीको चीन भ्रमणको तालिका

नेपालखबर
जेठ २९, २०८३ शुक्रबार १४:३४, काठमाडौँ

परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमणको तालिका सार्वजनिक भएको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार भ्रमण तालिका सार्वजनिक गरेको हो। मन्त्री खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा जेठ ३१ गते बेइजिङतर्फ प्रस्थान गर्नेछन्।

चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल-चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नेछन्। साथै उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनेछन्। साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि उनले छलफल गर्ने कार्यक्रम रहेको मन्त्रालयको भनाइ छ।

परराष्ट्रमन्त्री खनालको सम्मानमा दूतावासले एक स्वागत समारोह आयोजना गर्नेछ। समारोहमा उनले नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन्। मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्कनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad