सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको नाम सिफारिस भएको छ।
फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपाले प्रचण्डको नाम सिफारिस गरेको हो। याे क्षेत्रबाट प्रचण्डसँगै अन्य चार जनाको पनि नाम सिफारिस गरिएको नेकपाका केन्द्रीय सदस्य पदम अधिकारीले जानकारी दिए।
बुधबार बसेको नेकपा क्षेत्र नम्बर ४ स्तरीय बैठकले प्रचण्डसहित नेताहरू महफुज आलम अन्सारी, पर्शुराम बस्नेत, पदम अधिकारी र कमलबहादुर कट्वालको नाम उम्मेदाबार सिफारिस भएको हो।
बैठकले सामानुपातिक तर्फ योगेन्द्रप्रसाद मण्डल ,धर्मलाल उराँव, दिल महमद मियाँ, सुरेश शर्मा लोहार र बसिरा खातुनको नाम सिफारिस गरेको अधिकारीले जानकारी दिए।
156
Shares

प्रतिक्रिया