राजनीति


एमाले नेतृत्वमा परिवर्तन : ७ पदाधिकारीसहित पुराना १६७ सदस्य बाहिरिँदा ९८ जना नयाँ भित्रिए

एमाले नेतृत्वमा परिवर्तन : ७ पदाधिकारीसहित पुराना १६७ सदस्य बाहिरिँदा ९८ जना नयाँ भित्रिए

एमालेको एघारौँ महाधिवशेनपछि आयोजित शपथ समारोहको तस्बिर


नेपालखबर
पुस १०, २०८२ बिहिबार ८:९, काठमाडौँ

नेकपा एमालेको ११औँ महाधिवेशनबाट पुराना १८ पदाधिकारीमध्ये ७ जना बिदा भएका छन् भने ८ जना नयाँ आएका छन्।

एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य विष्णु रिजालले बिहीबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार हालै सम्पन्न महाधिवेशनबाट पहिलेका २६२ केन्द्रीय सदस्यमध्ये १४३ जना बाहिरिएका छन् भने ९० जना नयाँ भित्रिएका छन्।

यसैगरी ४७ जना पोलिट्ब्युरो सदस्यमध्ये १७ जना बिदा भएको जानकारी रिजालले दिएका छन्। 

महाधिवेशनबाट केही नेता बिदा हुने र केही नयाँ आउने क्रम चलेन भने पार्टी गतिशील हुन नसक्ने उल्लेख गर्दै यसलाई उनले ‘नेतृत्व तहमा काफी परिवर्तन’ भनेका छन्। 

रिजालले भनेका छन्, ‘अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पुराना, वयस्क र युवा पुस्ताको संयोजन भएर नयाँ केन्द्रीय कमिटी निर्माणप भएको छ।यसबाट एमालेमा नेतृत्व विकासको क्रमिक अभ्यास मजबुत रहेको देखाउँछ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad