राजनीति


क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन

क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन

नेपालखबर
पुस ८, २०८२ मंगलबार १९:२९, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले क्रियाशील सदस्यता वितरणमा समन्वय र सहजीकरणका लागि चार बुँदे निर्देशन दिएका छन्।

महामन्त्री थापाले मंगलबार सबै जिल्ला कार्यसमितिका सभापतिलाई पठाएको निर्देशनमा मापदण्ड पुगेका व्यक्तिलाई क्रियाशील सदस्यता वितरण गर्न भनिएको छ।

कांग्रेसको निर्देशनमा भनिएको छ, ‘नयाँ क्रियाशील सदस्यता १५औँ महाधिवेशनको कार्यतालिका अनुसार गर्नुपर्ने र नयाँ सदस्यता वितरण नेपाली कांग्रेसको विधान, नियमावली, केन्द्रीय कार्यसमितिको निर्णय र केन्द्रीय परिपत्र अनुसार सहज र व्यापक वितरण गर्ने पार्टीको नीति रहेकाले सोही अनुसार मापदण्ड समेत पठाइसकेको अवस्थामा मापदण्ड पुगेका व्यक्तिलाई सहज ढंगले नयाँ क्रियाशील सदस्यता वितरण गरी तोकिएको समयभित्रै केन्द्रमा उपलब्ध गर्नु गराउन हुन यो परिपत्र गरिएको छ।’

चार बुँदे निर्देशनमा कांग्रेस केन्द्रले क्षेत्रीय कार्यसमितिलाई क्रम संख्या नम्बरसहितको नयाँ क्रियाशील सदस्यता फारम पठाएको उल्लेख गरिएको छ। नयाँ क्रियाशील सदस्यता विरतण गर्दा समन्वय, सहजीकरण, सहयोग र अनुगमन गर्न भनिएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad