देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको र हाल (मंगलबार बेलुका) तराईका धेरै स्थानमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज साँझ जारी गरेको बुलेटिनअनुसार हुस्सु/कुहिरोका कारण जनजीवनमा असर पर्न सक्ने भएकाले होसियारी अपनाउन आवश्यक छ।
महाशाखाले चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘देशका तराई भूभागमा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिन्छ।’
मौसम महाशाखाका अनुसार आज रातभर तराईमा हुस्सु/कुहिरो रहनेछ।
पहाडी तथा हिमाली भूभागमा मौसम भने मुख्यतया सफा रहने छ।
78
Shares

प्रतिक्रिया