राजनीति


वर्षमान भन्छन्: सबै दलहरूलाई एक ठाउँमा ल्याउन सरकारले प्रचण्डसँग आग्रह गरेको छ

वर्षमान भन्छन्: सबै दलहरूलाई एक ठाउँमा ल्याउन सरकारले प्रचण्डसँग आग्रह गरेको छ

नेपालखबर
पुस ८, २०८२ मंगलबार १७:५२, काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले का नेता वर्षमान पुनले शान्तिपूर्ण निर्वाचनका लागि सबै दलहरूलाई एक ठाउँमा ल्याउन संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग सरकारले आग्रह गरेको बताएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता वर्षमान पुनले विगतमा मुलुकमा राजनीतिक संकट आउँदा दलहरूलाई एक ठाउँमा ल्याउन भूमिका खेलेको भन्दै पार्टी संयोजक पुष्पकमल दाहाललाई राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउन पहल गरिदिन सरकारको तर्फबाट आग्रह गरिएको जानकारी दिए।

‘विगतमा समेत मुलुकमा राजनीतिक संकट आउँदा दलहरुलाई एक ठाउँमा ल्याउने कुरामा भूमिका खेलेको उल्लेख गर्दै उहाँहरूले राजनीतिक दलहरूलाई एकठाउँमा ल्याउने अपेक्षा समेत राख्नुभयो’ उनले भने।

नेकपाले जनताको तहमा राजनीतिक दलहरूसँग संवाद बढाएर शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागिता सुनिश्चित गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ। 

सरकारद्वारा गठित संवाद समितिलाई घोषित मितिमा निर्वाचन सम्पन्न गर्न पार्टीको पूर्ण समर्थन र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिएको पनि पुनले बताए।

उनले यही अवस्थामा निर्वाचनमा सहभागी हुन नेकपालाई कुनै समस्या नभएपनि केही राजनीतिक दलहरूले शान्ति–सुरक्षासम्बन्धी गुनासो राखेको भन्दै ती विषयहरूलाई सम्बोधन गर्न समेत आग्रह गरिएको बताए।

उनले भने,‘जति सकिन्छ जनताको तहमा राजनीतिक दलहरूसँग संवाद गरेर शान्तिपूर्ण रुपले चुनावमा सहभागी हुने वातावरण बनाउनुहोस् भन्ने आग्रह गर्नुभयो। हाम्रो लागि कुनै समस्या नभएपनि अन्य दलहरूले शान्ति सुरक्षाको विषयलाई लिएर कतिपय गुनासाहरू गरेका छन्। ती गुनासाहरू लाई सम्बोधन गर्नुहोस् भन्ने कुराहरु राख्नुभयो।’ 

उनले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा पार्टीले सबै राजनीतिक दलहरूसँग संवाद गरिरहेको समेत बताए। 

म‌ंगलबार सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र कानुनमन्त्री अनिलकुमार सिन्हाले विभिन्न राजनीतिक दलको कार्यालयमा पुगि नेताहरूसँग सम्वाद गरेका थिए।

यस्तै, आजै प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा नेकपाका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सम्वाद गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad