प्रधानमन्त्री सुशीला कार्की र ३ ठूला दलका शीर्षनेताबीचको संवादहिनता तोडिएको छ। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँगै प्रधानमन्त्री कार्की र ३ दलका शीर्षनेताबीच छलफल भएको छ।
राष्ट्रपति पौडेलको पहलमा प्रधानमन्त्री कार्की, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राष्ट्रपति कार्यालय शीतल निवासमा छलफल सुरु भएको हो।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट प्रधानमन्त्री बनेकी कार्कीले अहिलेसम्म देउवा, ओली र प्रचण्डसँग भेट गरेकी थिइनन्। यद्यपि, उनले तीन ठूला दलका दोस्रो र तेस्रो तहका नेताहरूसँग भने संवाद गर्दै आएकी छन्।
कार्कीले शीर्ष नेताहरूसँग भेट्न अनिच्छा देखाएपछि राजनीतिक दलका नेताले आलोचना गर्दै आएका थिए। संवादहिनता बाँकी रहँदा सरकारले फागुन २१ गते गराउने भनेको प्रतिनिधि सभाको चुनाव हुन नसक्दै भन्दै आलोचाना बढेपछि कार्की भेटका लागि तयार भएकी हुन्।
कार्की र ३ दलका शीर्षनेताबीचको भेटघाटको पहल भने राष्ट्रपति पौडेलले लिएका हुन्। यसअघि राष्ट्रपतिकै रोहवरमा सरकार र राजनीतिक दलबीच संवादको सुरुवात भएको थियो।
Shares

प्रतिक्रिया