राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कुलमान घिसिङसँग पनि छलफल हुने भएका छन्।
रुपन्देही अदालतमा तारेख बुझ्न जाँदै गर्दा मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै सुदन गुरुङसँग छलफल भएको र अब कुलमानसँग पनि हुने बताए।
‘सुदन गुरुङजीसँग कुराकानी भएको छ,’ लामिछानेले भने, ‘अब कुलमानजीसँग पनि कुराकानी गर्छौं। हामी सबैसँग कुराकानी गरेर एक ठाउँमा आउनका लागि प्रयास गर्छौं। मैले भने अनुसार रास्वपा त्यसका लागि रहेको छ।’
रविलाई सुदन गुरुङले सोमबार भेट गरेका थिए। त्यस्तै सोमबार साँझ काठमाडौँ महानगरका मेयर बालेन शाह र रविबीच छलफल भएको थियो। त्यसलाई निरन्तरता दिने सबैलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको लामिछानेको भनाइ छ।
‘रास्वपाले निरन्तर प्रयास गरिरहेका छौँ, रास्वपाले गर्छ नै,’ उनले भने, ‘रास्वपाको जिम्मेवारी पनि यो हो।’
सहकारी ठगी प्रकरणमा रवि कारागारबाट रिहा भएसँगै पछिल्लो समय राजनीतिक भेटघाटलाई तिब्रता दिएका छन्।
आगामी चुनावमा रवि, कुलमान र बालेनलाई मिलाएर लैजाने प्रयास पनि भइरहेको छ।
Shares

प्रतिक्रिया