काठमाडौँ महानगरका मेयर बालेन शाहले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे राष्ट्रिय मानवअधिकार आयोगलाई बयान दिएका छन्।
सोमबार आयोगले बयान लिएको आयोकी सदस्य डा. लिली थापाले नेपालखबरलाई जानकारी दिइन्। आयोगले सोधपुछका लागि बोलाएपछि बयान दिन गएका बालेनले करिब २ घन्टा आयोगका अनुसन्धान अधिकृतहरुले सोधेका प्रश्नको जवाफ दिएका थिए।
बालेनमाथि जेनजी आन्दोलनको पूर्वसन्ध्यामा युवाहरुलाई आन्दोलन गर्न उत्प्रेरित गरेको र महानगरको स्रोत सधान प्रयोग गरेर आन्दोलनमा पानी वितरण गरेकाे आरोप छ।
468
Shares

प्रतिक्रिया