प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच बालुवाटारमा भेटवार्ता भइरहेको छ।
सभापति लामिछाने प्रधानमन्त्री कार्कीलाई भेट्न उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्लेसँगै बालुवाटार पुगेका हुन्।
सहकारी ठगी प्रकरणमा शुक्रबार कारागारबाट रिहा भएका उनी आज साँझ प्रधानमन्त्रीसँग भेट गर्न बालुवाटार पुगेका हुन्।
प्रधानमन्त्री कार्कीसँग लामिछानेको यो पहिलो भेट हो।
रिहापछि आजै पार्टी कार्यालय गएका उनले वर्तामान सरकारलाई रास्वपाको साथ रहेको बताएका थिए।
372
Shares

प्रतिक्रिया