कर्णाली


बोक्सी भन्दै कुटपिट गरेको अरोपमा ४ जना पक्राउ

बोक्सी भन्दै कुटपिट गरेको अरोपमा ४ जना पक्राउ

नेपालखबर
पुस ६, २०८२ आइतबार २१:१४, सुर्खेत

वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतकी एक महिलामाथि बोक्सीको आरोप लगाई कुटपिट तथा यातना दिएको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। वीरेन्द्रनगर–१२ मा बस्दै आएकी प्रेमकला रोकायलाई बोक्सी भन्दै दुर्व्यवहार गरेको उजुरीका आधारमा चार जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा जुम्लाको तिला गाउँपालिका–२ स्थायी ठेगाना भइ वीरेन्द्रनगर–१२ बस्ने २१ वर्षीया बन्दना बोहरा, २० वर्षीया रिता बुढा, २१ वर्षीय जयबहादुर रोकाय र १८ वर्षीया अनिता बोहरा रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधीरराज शाहीले पीडित प्रेमकलाले आफूमाथि अन्याय र हिंसा भएको भन्दै प्रहरीमा उजुरी दर्ता गराएको जानकारी दिए। 

उजुरीमा आरोपीहरूले पीडितलाई ‘बोक्सी’ भन्दै गालीगलौज गर्नुका साथै आफैँ धामी–झाँक्री बनेर चामलले हानेका र तातो पन्यू प्रयोग गरी शरीरका विभिन्न भागमा डामेको कुरा उल्लेख गरिएको प्रहरीको भनाइ छ।

पक्राउ परेकाहरूमाथि आइतबार जिल्ला अदालत सुर्खेतबाट म्याद थप गरी बोक्सीको आरोपसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad