राजनीति


कार्की बैंक्वेटमा ईश्वर पोखरेल पक्षको भेला

कार्की बैंक्वेटमा ईश्वर पोखरेल पक्षको भेला

नेपालखबर
पुस ५, २०८२ शनिबार १४:४९, काठमाडौँ

नेकपा (एमाले)को नेता ईश्वर पोखरेल पक्षले शनिबार काठमाडौँको कार्की बैंक्वेटमा भेला आयोजना गरेको छ। 

भेलामा पोखरेल पक्षबाट लडेका नेता तथा कार्यकर्ता सहभागी छन्। आन्तरिक छलफलका लागि पोखरेल पक्षले भेला आयोजना गरेको जनाएको छ। 

एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक पनि कार्की बैंक्वेटमै बसेको थियो। पोखरेल पक्षले पनि छलफलका लागि कार्की बैंक्वेट नै रोजेको हो। पोखरेल अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका थिए। 

भेलामा पोखरेल पक्षबाट निर्वाचित भएका एमाले उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराई लगायतका नेता पनि सहभागी रहेका छन्। 

त्यस्तै, भेलामा एमाले पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, कर्णबहादुर थापा, गोकुल बास्कोटालगायतका नेता पनि सहभागी छन्। आन्तरिक छलफलका लागि भेला आयोजना गरिएको विष्टले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad