नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँको खुलामञ्च खुला राख्न आग्रह गरेका छन्।
काठमाडौँको भृकुटीमण्डपमा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै नागरिकका लागि खुलामञ्च खुला हुनुपर्ने बताए। आफूहरूले सभा गर्न सरकार र काठमाडौँ महानगरपालिकालाई आग्रह गरेको भए पनि खुलामञ्च नमिलेको गुनासो गरे।
‘एउटा पनि मञ्च नहुनु नेपाल देशकै निम्ति लज्जाको विषय भएको छ,’ प्रचण्डले भने, ‘नेपाल सरकार र महानगरका प्रतिनिधिलाई यस विषयमा जोडदार आग्रह गर्दछु।’

प्रतिक्रिया