नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता राजेन्द्रप्रसाद श्रेष्ठले आगामी चुनाव दिने मत भ्रष्टाचारीलाई लाइसेन्स बन्न नहुने बताएका छन्।
काठमाडौँको भृकुटीमण्डपमा आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले आगामी फागुन २१ मा हुने चुनाव संविधान संशोधनको मुद्दा पनि भएको बताए। त्यसैले मत दिँदा ख्याल गर्न आग्रह गरे।
नेता श्रेष्ठले भने, ‘आगामी चुनाव संविधान संशोधनको मुद्दा पनि हो। त्यसैले तपाईको एक मत भ्रष्टाचारीको लाइसेन्स बन्नुहुँदैन।’
उनले काठमाडौँलाई फेरि लालकिल्ला बनाउनुपर्ने बताए। त्यसका लागि आजको सभा सुरुवात भएको उनको भनाइ थियो। सभामा उपस्थित जनसागरले लालकिल्लाको संकेत गरेको बताउँदै श्रेष्ठले भने, ‘बागमती प्रदेश लालकिल्ला भइसकेको छ। काठमाडौँ लालाकिल्ला भइसकेको छ, नेकपाको जिल्ला भइसकेको छ।’
Shares

प्रतिक्रिया