नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले आफूले ठीक समयमा ठीक निर्णय गरेको बोध भएको बताएका छन्।
काठमाडौँको भृकुटीमण्डपमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै मेचीदेखि महाकालीसम्म पुग्दा जनताले दिएको साथले ठीक निर्णय गरेको बोध भएको बताए।
‘मेचीदेखि महाकालीसम्म सातै प्रदेशमा सन्देश सभा ग¥यौँ। सबै ठाउँमा जनताको शानदार उपस्थिति रहेको छ,’ नेपालले भने, ‘जनताको उपस्थितिले हाम्रो मनोबल बढाएको छ, उत्साह बढाएको छ। ठीक समय ठीक निर्णय गरेका रहेछौं भन्ने बोध भएको छ।’
देशको समृद्धिका लागि लड्दै आएको र त्यसैका लागि नेकपा बनाएको बताएका छन्। ‘कसैले अपमान महसूस गर्न नपरोस्, भेदभाव महसूस गर्न नपरोस, गरिबी र अभावको जीवन बाच्न नपरोस्। सबै नेपालीको जीवन सुखी र समृद्ध बनाउन लागेका छौं,’ नेपालले भने।
Shares

प्रतिक्रिया