राजनीति


जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ

‘आज यति मात्रै भन्छु- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ।’
जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ

नेपालखबर
पुस ४, २०८२ शुक्रबार १८:४९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले न्यायको लडाइँ बाकी नै रहेको बताएका छन्। 

जिल्ला अदालत, रुपेन्देहीमा बैंक जमानत बुझाएर छुटेपछि शुक्रबार साँझ आफ्ना समर्थकलाई सम्बोधन गर्दै लामिछानेले लडाइँ बाँकी नै रहेको बताएका हुन्। ‘न्यायको यो लडाइँ मेरो बाँकी नै छ, लड्नु छ,’ उनले भने, ‘मैले लड्नु बाँकी छ, लड्नु छ भनेको मेराका लागि होइन, तपाईंका लागि, यो देशको न्यायका लागि लड्नु छ।’

उनले आफूमाथि भएको अन्यायको हिसाब गर्न बाँकी रहेको बताएका छन्। ‘यिनीहरूले देशमाथि गरेको अन्यायका अगाडि ममाथि गरेको अन्याय केही पनि होइन। त्यसको हिसाब गर्नु छ, त्यसको हिसाब गरेपछि अनि लामो बोलौंला,’ समर्थकहरूलाई सम्बोधन गर्दै लामिछानेले भने, ‘आज यति मात्रै भन्छु- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ।’

उनले धेरै बोल्ने समय आउन बाँकी रहेको जिकिर गरेका छन्। ‘म आसा गर्छु, यो देशले चाँडै न्याय पाउनेछ। मैले बोल्ने समय आउँदै छ, केही समय धैर्य गर्नुहोला। धेरै कुरा भन्न बाँकी छ।’

लामिछानेले आफूलाई साथ दिन सबैलाई धन्यवाद दिएका छन्। उनले भने, ‘सबै जनालाई यो माया, यो साथ, यो विश्वास, यो अनवरत सद्भावका लागि धेरै धेरै धन्यवाद दिन्छु।’

उनले चाँडै धेरै करा बोल्ने बताएका छन्। लामिछानले भने, ‘आजलाई यत्ति, धेरै बोल्ने दिन आउँदै छ।’

जिल्ला अदालत, रुपेन्देहीमा बैंक जमानत बुझाएपछि छुटेका उनी चितवनतिर लागेका छन्। शनिबार चितवनमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad