राजनीति


केन्द्रीय सदस्यलाई ओलीको निर्देशनः बेतालमा बेसुरमा होइन, तालमा ताल मिलाएर हिँड्ने

केन्द्रीय सदस्यलाई ओलीको निर्देशनः बेतालमा बेसुरमा होइन, तालमा ताल मिलाएर हिँड्ने

नेपालखबर
पुस ४, २०८२ शुक्रबार १५:५०, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र समय समयमा केही केही समस्या देखिएको बताउँदै आगामी दिनमा त्यस्ता कमजोरी हुन नदिन पार्टीपंक्तिलाई निर्देशन दिएका छन्। 

११औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बेतालमा बेसुरमा होइन, तालमा ताल मिलाएर हिँड्न निर्देशन दिए।

 ‘हाम्रो एक आवाज हुनुपर्दछ, दोस्रो विधान महाधिवेशनले पास गरेको नीति अनुसार हामी अगाडि बढ्ने छौँ, बेतालमा बेसुरमा होइन, हामी तालमा अगाडि बढ्ने छौँ,’ उनले भने।

ओलीले असन्तुष्टि नेतृत्व समक्ष मौखिक वा लिखत रूपमा पेस गर्न निर्देशन दिए। पार्टी भित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा गएर नपोख्न उनले आग्रह गरे। 

सामाजिक प्राणी हुनुको नाताले अनुशासन अपरिहार्य भएको उनले स्मरण गराए। समाज हुनको लागि अनुशासन अपरिहार्य रहेको ओलीले स्पष्ट पारे। उन्नत समाज निर्माणको अग्रदस्ता राजनीतिक पार्टी र ती मध्य पनि अग्रदस्ताको रूपमा रहेको एमाले भित्र दृढ अनुशासन अपरिहार्य रहेको उनले बताए। एमाले झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो अनुशासनहीन पार्टी नभएको उनको भनाई थियो।

सामूहिक प्रयास र हितका विरुद्ध मेरो निजी कुरा भनेर चल्न नमिल्ने ओलीले बताए। पार्टीको बैठक पनि अति अनुशासित रूपमा चल्ने उनले बताए।

एमालेका विरुद्ध अनेक भ्रम फिँजाइएको बताउँदै उनले यस्ता कुराबाट प्रभावित नहुन नेताहरूलाई आग्रह गरे। अब एमालेभित्र कुनै गुट र प्यान नभएको बताउँदै अब एमाले एक ढिक्का भएर अगाडि बढ्ने स्पष्ट पारे। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad