राजनीति


एमाले प्रथम केन्द्रीय कमिटी बैठकका ५ एजेन्डा, कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

एमाले प्रथम केन्द्रीय कमिटी बैठकका ५ एजेन्डा, कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

नेपालखबर
पुस ४, २०८२ शुक्रबार १५:५५, काठमाडौँ

नेकपा एमालेको ११ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको प्रथम बैठकमा ५ वटा मुख्य एजेन्डा पेस गरिएका छन्। 

शुक्रबार बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संक्षिप्त सम्बोधन गरेका थिए। त्यसपछि महासचिव शंकर पोखरेलले एजेन्डा पेस गरेका थिए।

जस अनुसार महाधिवेशनस्थलमा शपथग्रहण गर्न छुटेका पदाधिकारी तथा सदस्यलाई शपथग्रहण गराइने एजेन्डा राखिएको छ।

त्यस्तै, विधान सम्पादन तथा प्रकाशनसम्बन्धी विषयमा छलफल हुने भएको छ। पार्टीभित्रको कार्यविभाजनका लागि केन्द्रीय सचिवालयलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि बैठकको प्रमुख एजेन्डामा समावेश छ।

यसबाहेक सल्लाहकार परिषद् गठनसम्बन्धी नीतिगत निर्णय गर्ने तथा केन्द्रीय कमिटीको दोस्रो बैठक आयोजना गर्ने मिति तोक्ने एजेन्डा समेत तय गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad