नेकपा एमालेको उपमहासचिव पदमा विजयी भएपछि योगेश भट्टराईले आफ्नो प्यानलका पराजित अध्यक्ष उम्मेदवार ईश्वर पोखरेल र महासचिव उम्मेदवार सुरेन्द्र पाण्डेप्रति सम्मान प्रकट गरेका छन्।
एमालेका ३ उपमहासचिव पदमध्ये एक हुन सफल भट्टराईले नतिजा सार्वजनिक भएपछि पोखरेल र पाण्डेको तस्बिर राख्दै फेसबुकमार्फत आभार व्यक्त गरेका हुन्।
साथै उनले महाधिवेशन प्रतिनिधिसहित पार्टीका सबै साथीहरूलाई धन्यवाद दिएका छन्।
‘कमरेड ईश्वर पोखरेल, कमरेड सुरेन्द्र पाण्डे तपाईंहरूको इमान, निष्ठा र साहसको उच्च सम्मानसहित सलाम गर्दछु’ भट्टराईले लेखेका छन्, ‘टिमका सम्पूर्ण कमरेडहरूको एकता र सहकार्यप्रति आभारी छु। सम्पूर्ण प्रतिनिधिसहित पार्टीका तमाम कमरेडहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु। पार्टी सदस्य तथा आम जनसमुदायको निगरानी र परीक्षामा सदा रहिरहने छु।’
अध्यक्षमा तेस्रो कार्यकालका लागि ओली र दोस्रो कार्यकालका लागि महासचिव पदमा शंकर पोखरेल विजयी भएका छन्।
Shares

प्रतिक्रिया