एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन्। पोखरेलले १ हजार २२८ मत प्राप्त गरेर महासचिव जितेका हुन्।
महासचिवका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै पोखरेल एमालेको महासचिवमा दोस्रो कार्यकालको लागि विजयी भएका हुन्।पाण्डेले ९९९ मत पाएका छन्।
दसौँ महाधिवेशनबाट एमाले महासचिव बनेका पाेखरेल दोस्रो कार्यकालको लागि महासचिवमा दोहोरिँदा पाण्डे भने महासचिवमा दोस्रो पटक नै पराजित भएका छन्।
एमालेको नवौँ महाधिवेशनमा पनि पाण्डे ईश्वर पोखरेलसँग महासचिवमा पराजित बनेका थिए।
1.0k
Shares

प्रतिक्रिया