राजनीति


केपी ओलीसँग कति मतान्तरले हारे ईश्वर पोखरेल?

केपी ओलीसँग कति मतान्तरले हारे ईश्वर पोखरेल?

नेपालखबर
पुस ३, २०८२ बिहिबार १३:३९, काठमाडौँ

नेकपा एमालेको अध्यक्ष पदमा प्रतिस्पर्धी ईश्वर पोखरेललाई भारी मतान्तरले हराउँदै केपी शर्मा ओली तेस्रो कार्यकालका लागि विजयी भएका छन्।

बिहीबार सार्वजनिक मतपरिणामअनुसार पोखरेललाई १ हजार ९९ मतले पछि पार्दै ओली तेस्रोपटक एमालेको अध्यक्ष बनेका हुन्।

ओलीले १६६३ मत ल्याउँदा पोखरेलले ५६४ भोट मात्रै पाएका हुन्।

तथापि पोखरेलले दसौँ महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गरेका भीम रावलले भन्दा दोब्बर मत ल्याएका छन्। 

२०७८ मंसिरमा चितवनमा सम्पन्न एमालेको दसौँ महाधिवेशनमा ओली १८३७ मतसहित विजयी हुँदा रावलले २२३ मत मात्र पाएका थिए। त्यतिबेला रावल एकल रूपमा अध्यक्ष पदमा उठेका थिए।

अहिले एघारौँ महाधिवेशनमा भने पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका थिए।

उनले हारे पनि एमालेका १९ पदाधिकारीमध्ये २ जना उनी पक्षका उम्मेदवार विजयी भएका छन्।

पोखरेल पक्षबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई निर्वाचित भएका हुन्। 

बाँकी १७ पदाधिकारीमा भने ओली पक्षकै उम्मेदवार विजयी भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad