राजनीति


विधेयकको सूची समयमै बुझाउन मन्त्रीहरूलाई कानुनमन्त्री गौतमको आग्रह

विधेयकको सूची समयमै बुझाउन मन्त्रीहरूलाई कानुनमन्त्री गौतमको आग्रह

नेपालखबर
जेठ २९, २०८३ शुक्रबार १८:४७, काठमाडौँ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मन्त्रीहरूलाई आग्रह गरेकी छन्। 

शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग आगामी आर्थिक वर्षमा ती मन्त्रालयबाट संसदमा पेस गरिने विधेयकहरूको तयारीसम्बन्धी छलफल गर्दै यस्तो आग्रह गरेकी हुन्। 

मन्त्री गौतमले नयाँ सरकारले ल्याएको बजेटपछि आएका नयाँ नीतिअनुसार सम्बन्धित मन्त्रालयहरूले कानुन निर्माणको तयारी अघि बढाउनुपर्नेमा जोड दिइन्। 

उनले विधायन ऐनअनुसार सबै मन्त्रालयबाट विधेयकको सूची निर्धारण गरी समयमै कानुन मन्त्रालयमा बुझाउन आग्रह गरिन्।

जनताका आवश्यकतालाई मूर्तरूप दिन कानुन आवश्यक हुने भन्दै पर्याप्त समय लिएर तयार गरिएको कानुन दीर्घकालीन र प्रभावकारी हुने पनि उनले धारणा राखिन्। 

सम्बन्धित मन्त्रालयहरूलाई आगामी आर्थिक वर्षमा आवश्यक पर्ने कानुनहरूको सूची प्राथमिकीकरण गरेर पठाउन पनि मन्त्री गौतमले आग्रह गरिन्। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आवश्यक कानुनको प्राथमिकता सूची तयार पारेर कानुन मन्त्रालयमा समयमै पठाउने प्रतिबद्धता जनाए।

कृषिमन्त्री गीता चौधरीले कृषि र वन क्षेत्रसँग सम्बन्धित नयाँ विधेयकको माग बढिरहेको जानकारी गराइन्। धेरै नयाँ कानुन ल्याउनुभन्दा विद्यमान कानुनमै आवश्यक विषय समावेश गरेर संशोधन विधेयक ल्याउने विकल्पबारे अध्ययन भइरहेको उल्लेख गर्दै मन्त्री चौधरीले वातावरण ऐन संशोधनमा विकास र वातावरणबीच सन्तुलन कायम गर्ने दृष्टिकोणलाई प्राथमिकतामा राखिने बताइन्। 

मन्त्री गौतमले बिहीबार भूमि र महिला मन्त्रीलाई मन्त्रालयमा बोलाई छलफल गरेर विधेयकहरू चाँडो टुंग्याउन अनुरोध गरेकी थिइन् 
विधायन ऐनअनुसार आगामी आर्थिक वर्षमा पेस गरिने कानुनको सूची असार मसान्तभित्र सदनमा बुझाउन मन्त्रालयसँग छलफलमा जुटिरहेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad