राजनीति


एमाले मतदानस्थलबाट योगेशले लेखे : म अन्तिम मतदाता!

एमाले मतदानस्थलबाट योगेशले लेखे : म अन्तिम मतदाता!

फाइल तस्बिर


नेपालखबर
पुस ३, २०८२ बिहिबार ५:५६, काठमाडौँ

नेकपा एमालेको नयाँ नेतृत्व चयनका  लागि जारी मतदानमा उपमहासचिवका उम्मेदवार योगेश भट्टराईले आफू अन्तिम मतदाता भएको बताएका छन्। 

आज (बिहीबार) बिहान पौने ६ बजेतिर उनले फेसबुकमा लेखेका छन्, ‘म अन्तिम मतदाता!’

यस्तो लेखेर उनले काठमाडौँको भृकुटीमण्डपमा बुधबार बिहान सवा ९ बजेदेखि जारी मतदान सकिँदै गरेको संकेत गरेका छन्।

आज बिहान ५:४३ बजे एमाले केन्द्रीय निर्वाचन आयोगका सचिव डा कुन्साङ लामाले अब सयजति मत खस्न बाँकी रहेको जानकारी दिएका छन्। 

 उनले भने, ‘सबै जना भित्र पसिसक्नुभएको छ, अब मेसिनमा सयजति मत खस्न बाँकी होला। अरू एक घण्टा लाग्ला कि?’ 

एमाले महाधिवेशनमा कुल २ हजार २६३ मतदाता छन्। 

जारी महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित अध्यक्ष पदका लागि चुनावी मैदानमा छन्।

योगेश ईश्वर समूहबाट उपमहासचिव पदमा उठेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad