काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्दो छ। तथापि तापक्रम थोरै तलमा भइरहन्छ।
यसै क्रममा आज (बिहीबार) बिहान ५:४५ बजेको सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई जानकारी दिएको छ।
हिजो (बुधबार) भने यो बेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस थियो।तर पछि बिहान ८:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियसमा झरेको थियो। सबैभन्दा तल पुगेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हुन्छ।
आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले बिहान ८:४५ बजे पुनः मापन गरिन्छ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुवातको भन्दा घट्ने सम्भावना हुन्छ।
मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम केही बढ्छ भने राति आकाश सफा रह्यो भने न्यूनतम तापक्रम घट्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।
सबैभन्दा कममा झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि पुगेको तापक्रम त्यस दिनको अधिकतम तापक्रम हुन्छ।
मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।
Shares

प्रतिक्रिया