नेकपा नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि जारी मतदानमा ६ घण्टामा ६५० मत खसेको छ।
८० वटा मेसिनमा मतदान भइरहेको छ।
उत्साह साथ प्रतिनिधि मतदानमा सहभागी भए पनि मतदान प्रक्रियाले लामो समय लिएको हो। एमाले महाधिवेशनमा जम्मा २ हजार २ सय ६३ प्रतिनिधिरहेका छन्। मतदान गरेर फर्किएकाहरुले आफूलाई मतदान गर्न ३० मिनेट जति समय लागेको बताएका छन्।
केन्द्रीय निर्वाचन आयोगका सचिव डा.कुन्साङ लामाका अनुसार दिउँसो ३ बजेसम्ममा ६ सय ५० मतदान भएको हो। बिहान ९ बजेदेखि मतदान सुरु भएको थियो।
‘मतदान उत्साहका साथ भइरहेको छ। ८० वटै मेसिनमा प्रतिनिधिले मतदान गरिरहनु भएको छ’, सचिव लामाले नेपालखबरसँग भने, ‘मतदान सकिँदा रातिको १० बज्न सक्छ।’
चुनाबी प्रतिस्पर्धा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा दुई अलग-अलग प्यानल रहेका छन्।
Shares

प्रतिक्रिया