नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि जारी रहेको मतदानमा अहिलेसम्म ५१० मत खसेको छ।
साँझ ५ बजेभित्र मतदानस्थलमा पुगिसक्ने प्रतिनिधिहरूले मतदान गर्न पाउने छन्। मतदान भने बिहान ९ बजेदेखि सुरु भएको थियो।
एमालेको महाधिवेशनमा जम्मा २ हजार २ सय ६३ प्रतिनिधिरहेका छन्। मतदान गरेर फर्किएका प्रतिनिधिहरूले आफूहरुलाई मतदान गर्न औषत ३० मिनेटसम्म समय लागेको बताएका छन्।
करिब ३०० पदका लागि मतदान भइरहेको हो।
225
Shares

प्रतिक्रिया