नेकपा (एमाले)को एघारौँ महाधिवेशनमा मतदान हुनुअघि अध्यक्ष केपी शर्मा ओली पक्षले असन्तुष्ट नेताहरूलाई समेट्दै टिम सूची बनाएको छ।
मंगलबार अपराह्न ओली पक्षले मतदानका लागि आफ्नो टोलीको नामावली तयार गरेको हो। आफ्नो पक्षका प्रतिनिधिलाई टिमको सूची अनुसार नै मतदान गर्न निर्देशन दिइएको छ।
नयाँ सूचीमा ओली पक्षले केही असन्तुष्ट नेतालाई पनि समेटेको छ। जसमा रघुजी पन्त पनि छन्। पन्तलाई आफ्नो प्यानलमा राखेका छन्। उनी उपाध्यक्षका उम्मेदवार हुन्।
त्यस्तै, सुहाङ नेम्वाङलाई पनि ओली पक्षले समेटेको छ। उनलाई पनि मतदान गर्नुपर्ने सूचीमा राखेको छ।
‘हामीले विभिन्न कारणले असन्तुष्ट हुनु भएका साथीहरूलाई पनि समेटेर मत गर्ने लिस्ट बनाएका छौँ,’ ओली पक्षका एक नेताले भने।
1.5k
Shares

प्रतिक्रिया