राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापाले आफ्नो पदबाट राजीनामा दिएका छन्।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उनको नाम उम्मेदवारको रूपमा चर्चामा छ।
पार्टी र राष्ट्रिय राजनीतिमा भूमिका बढाउन सल्लाहकार पद छोडेको उनले बताए। 'पार्टीको महाधिवेशन पनि अइरहेको छ। राष्ट्रिय राजनीतिमा सक्रिय हुनु पर्ने देखेर राजीनामा दिएँ', नेपालखबरसँग उनले भने, 'राष्ट्रिय सभामाका लागि धनकुटाबाट नाम सिफारिश भएको छ। पार्टीले अब के गर्छ, त्यही अहिलै कुरा भइसकेको छैन।'
काँग्रेस महाधिवेशनका लागि पुसको २६ देखि २८ गते मिति यसअघि नै तय भइसकेको छ। थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा तथा कांग्रेसका पूर्वसहमहामन्त्री हुन्।
273
Shares

प्रतिक्रिया