नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११ औँ महाधिवेशनको चुनावमा आफ्नो पक्षबाट अनुशासन आयोग अध्यक्षका उम्मेदवार बनाएका काशिनाथ अधिकारीले उम्मेदवारी दिन अस्वीकार गरेका छन्।
ओलीले आफ्नो प्यानलबाट राखेको भए पनि उनले कुनै पनि पदमा उम्मेदवारी निदएको बताए। अरु साथीहरुलाई अवसर दिन आफूले कुनै पनि पदमा उम्मेदवारी नदिएको अधिकारीको भनाइ छ।
‘मैले कतै पनि उम्मेदवारी दिएको छैन,’ उनले नेपालखबरसँग भने, ‘नयाँ साथीहरुले अवसर पाउन भनेर नदिएको हो।’
असन्तुष्ट भएर नदिएको हो भन्ने प्रश्नमा उनले आफू असन्तुष्ट नभएको बताए। ‘कुनै असन्तुष्टी छैन,’ अधिकारीले भने, ‘मैले नयाँ साथीहरुले अवसर पाउन भनेर नदिएको हो।’
उनी यसअघि एमालेको संगठन विभाग प्रमुख थिए। उनी ओली निकट नेता मानिन्छन्।
669
Shares

प्रतिक्रिया