राजनीति


राष्ट्रिय राजनीति चुनौतीपूर्ण अवस्थामा छ, त्यसको सामना गर्न महासचिवमा दोहोरिने निर्णय गरेको हुँ : पोखरेल

राष्ट्रिय राजनीति चुनौतीपूर्ण अवस्थामा छ, त्यसको सामना गर्न महासचिवमा दोहोरिने निर्णय गरेको हुँ : पोखरेल

फाइल तस्बिर


नेपालखबर
मंसिर २९, २०८२ सोमबार १७:५५, काठमाडौँ

नेकपा (एमाले) का नेता शंकर पोखरेलले राष्ट्रिय राजनीति चुनौतीपूर्ण अवस्थामा रहेकाले त्यसको सामना गर्न पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्न महासचिव पदमा दोहोरिने निर्णय गरेको बताएका छन्। 

सोमबार पार्टीको बन्दसत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मुलुकको राजनीतिमा देखिएका चुनौती चिर्न पार्टी एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।

‘अहिले राष्ट्रिय राजनीति चुनौतीपूर्ण अवस्थामा छ, त्यसको सामना गर्न पार्टी एकतावद्ध भएर अघि बढ्नुपर्छ भन्ने मान्यताका आधारमा मैले महासचिवमा दोहोरिने निर्णय गरेको हुँ,’ पोखरेलले भने, ‘पार्टीमा गर्न बाँकी काम कुनै व्यक्तिको होइन, आन्दोलनको विषय हो।’


‘हामी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय राजनीतिक चुनौतीहरू सामना गर्ने संकल्पका साथ अघि बढिरहेका छौँ,’ उनले थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad