हङकङका जिमी लाई राष्ट्रिय सुरक्षा मुद्दामा दोषी ठहर

प्रमुख कार्यकारी जोन लीद्वारा स्वागत, भने– न्यायको समर्थन र हङकङको मूल मूल्यमान्यताको सुरक्षा
हङकङका जिमी लाई राष्ट्रिय सुरक्षा मुद्दामा दोषी ठहर

जिमी लाई


नेपालखबर
मंसिर २९, २०८२ सोमबार १७:५८, हङकङ

हङकङको पूर्वमिडिया प्रमुख जिमी लाइ उच्च-प्रोफाइल राष्ट्रिय सुरक्षा मुद्दामा दोषी ठहर भएका छन्।

लाइ हाल निष्क्रिय रहेको एप्पल डेलीका संस्थापक हुन्। ७८ वर्षीय उनी डिसेम्बर २०२० देखि कारावासमा छन्। लाइलाई विदेशी सेनासँग मिलेर काम गरेको दुई अभियोग र देशद्रोहका लेखहरू छाप्ने छापेको आरोप छ।

२०२० मा बेइजिङद्वारा हङकङमा लागु गरिएको राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत मुद्दा चलेका व्यक्तिमध्ये लाइ प्रमुख हुन्।

दोषी करार गरिएका लाईले अप्रिल २०१९ देखि जुन २०२१ सम्म अधिकारीहरूप्रति जनतामा असन्तुष्टि जगाउने खालका सामग्री आफ्नो समाचार आउटलेट र सामाजिक सञ्जाल प्लेटफर्ममा प्रकाशन गरेको ठहर अदालतले गरेको छ।

उनले पश्चिमा देशहरूद्वारा शत्रुतापूर्ण कार्यहरू उक्साउन ‘फ्राइट फर फ्रिडम, स्ट्यान्ड विथ हङकङ’ लबिङ समूहलाई आर्थिक सहयोग प्रदान गरेको समेत अलालतले भनेको छ।

उनको स्वामित्वमा रहेका तीन कम्पनी एप्पल डेली लिमिटेड, एप्पल डेली प्रिन्टिङ लिमिटेड र एडी इन्टरनेट लिमिटेडलाई पनि राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत दोषी ठहराइएको थियो।

लाईको यो मुद्दालाई स्थानीय र देश–विदेशबाट पनि चासोका साथ हेरिएको थियो। राष्ट्रिय सुरक्षा मुद्दा जस्तो संवेदनशील मुद्दामा दोषी ठहर भएका लाईलाई कस्तो सजाय होला t<स्थानीय मिडिया साउथ चाइना मर्निङ पोस्ट लेख्छ– उनलाई आजीवन कारावासको सजाय हुन सक्छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .