राजनीति


सरकारसँग रास्वपाको माग: सांसद गणेश पौडेललाई मसी छ्याप्नेविरुद्ध कडा कारबाही गरियोस्

सरकारसँग रास्वपाको माग: सांसद गणेश पौडेललाई मसी छ्याप्नेविरुद्ध कडा कारबाही गरियोस्

नेपालखबर
साउन ९, २०८३ शनिबार ९:३९, काठमाडौँ

रौतहट निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित आफ्ना प्रतिनिधिसभा सदस्य गणेश पौडेललाई कालो मसी छ्याप्दै गरिएको दुर्व्यवहारप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले भर्त्सना गरेको छ। 

दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले आज शनिबार विज्ञप्ति जारी गरी यही साउन ७ गते जनतासँगको भेटघाट कार्यक्रम सम्पन्न गरी फर्कने क्रममा सांसद पौडेललाई दुर्व्यहार गरिएको घटनाको निन्दा गरेका हुन्। 

लोकतान्त्रिक व्यवस्थामा असहमति र विरोध व्यक्त गर्ने अधिकार सुरक्षित रहे पनि जनप्रतिनिधिलाई हुने हिंसा, दुर्व्यवहार वा अपमानजनक व्यवहार कुनै पनि लोकतान्त्रिक समाजमा स्वीकार्य हुन नसक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

रास्वपाले घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न व्यक्तिलाई कानुनबमोजिम कडा कारबाही गर्न, घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी जनप्रतिनिधिहरूको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग माग गरेको छ।

रौतहटको गढीमाई नगरपाकिाल–४ स्थित पर्सा गाउँमा बिहीबार राति ‘जनतासँग सांसद’ कार्यक्रममा सहभागी भएर फर्कने क्रममा सांसद पौडेललाई कार्यस्थलमै पछाडिबाट मसी छ्यापिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad