नेकपा (एमाले)को महाधिवेशन उद्घाटन समारोहमा विभिन्न पार्टीका नेता पनि पुग्ने क्रम सुरु भएको छ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का सल्लाघारी पुगेका छन्। एमाले महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन उनी सल्लाघारी पुगेका हुन्।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन पुगेका छन्। त्यस्तै, राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता झा सल्लाघारी पुगेका छन्।
भक्तपुरको सल्लाघारीस्थित उद्घाटन स्थलमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पुगेका छन्। उनलाई एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उनलाई स्वागत गरेका छन्।
यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव देव गुरुङ उद्घाटनस्थलमा पुगेका छन्। एमालेले अध्यक्ष पुष्पकमल दाहाललाई निम्ता गरेको भए पनि महासचिव गुरुङ पुगेका हुन्।
अन्य नेता पुग्ने क्रममा रहेको ज्ञवालीले जानकारी दिएका छन्। भिडभाडले गर्दा आमन्त्रित नेताहरू मञ्चमा पुग्न कठिनाइ भइरहेको ज्ञवालीले बताएका छन्।
नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि मनोनीत १०८ जना प्रतिनिधिको बिषयमा अध्यक्षका दाबेदार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असमति जनाएका छन्।
शुक्रबार बसेको सचिवालय बैठकमा १०८ जना प्रतिनिधि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष बसेर टुंगो लगाउने सहमति भए पनि त्यस अनुसार अहिले सूची नआएको भन्दै पोखरेल समूहले असहमति जनाएको हो।
हिजोको सहमति अनुसार आज बिहान अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बसेर टुंगो लगाउने योजना थियो। तर उक्त सहमति विपरित एकलौटी ढंगले सूची प्रकाशित गरिएको पोखरेलले बताए।
एमाले सचिव योगेश भट्टराईले पनि आज आएको सूची सहमति गर्न सकिने खालको नभएको बताए। ‘सहमति हुने खालको लिस्ट निस्केको छैन,’ उनले नेपालखबरसँग भने, ‘हिजो अध्यक्षले पेस गरेकै सूची आएछ।’
हिजोको बैठकमा ओली र पोखरेल दुवैले आफ्नो समूहको तर्फबाट अलग सूची पेस गरेपछि आज ती ती दुबै नामहरुबीचमा सहमति खोज्ने निर्णय भएको पोखरेल पक्षका नेताहरूको भनाइ छ।
१. ईश्वर पक्षको विरोधपछि रोकिए ओली, १९ जना पदाधिकारी बनाउने प्रस्ताव फिर्ता
२. एमाले महाधिवेशन : यी हुन् मनोनीत १०८ प्रतिनिधि
३. रिमोटबाट दीप प्रज्वलन, तीन किलोमिटर परसम्म सुन्न सकिनेछ भाषण
४. एमाले महाधिवेशनस्थलमा बम डिटेक्टर र कुकुरसहित प्रहरी परिचालन
५. एमाले महाधिवेशन : यी हुन् मनोनीत १०८ प्रतिनिधि
६. पूर्वराष्ट्रपति भण्डारीले भनिन् : परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन्
७. एमाले महाधिवेशन: भक्तपुरमा आज यसरी गरिएको छ सवारी रुट व्यवस्थापन
८. यस्तो छ भक्तपुरमा एमालेको महाधिवेशन तयारी (भिडिओ)
९. महाधिवेशनस्थल प्रवेश गर्न घुइँचो, तात्यो माहोल (तस्बिरहरू)
१०. नाच्दै गाउँदै सल्लाघारी (तस्बिरहरू)
११. सुनिता डंगोल: मिस नेवा हुँदै उपमेयर भइन्, मनोनित भएर अब केन्द्रीय सदस्यतर्फ
Shares

प्रतिक्रिया